२०८३ बैशाख १८ गते , शुक्रबार
जेनजी आन्दोलनमा भागेका दुई थुनुवा पक्राउ
बिर्तामोड । जनेजी आन्दोलनका क्रममा भदौ २३ गते प्रहरी हिरासतबाट फरार दुइ जना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले मंगलबार गौरादह नगरपालिका वडा नम्बर १ का ३४ बर्षीय शुसिलकुमार थापा र अर्जुनधारा नगरपालिका वडा नम्बर ७ का २० बर्षीय बुद्धि प्रसाद चम्लागाईलाई पक्राउ गरेको हो ।
दुवै जना लागूऔषध मुद्धामा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेको र जेनजी आन्दोलनको क्रममा भदौ २४ गते फरार भएको प्रहरीले जनाएको छ । थापा इलाका प्रहरी कार्यालय दमक र चम्लागाई इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतबाट फरार भएका थिए ।
दुवै जनालाई लुकिछिपी बसिरहेको अवस्थामा आफ्नै घरगाउँबाट पक्राउ गरी हिरासतमा राखि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।