अर्जुनधारामा आँखा शिविर सम्पन्न
बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ मा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीको आयोजनामा सोमबार शिविर सम्पन्न भएको हो ।
शिविरमा ३४४ जनाको आँखा जाँच गरिएको स्मार्ट लेडीकी अध्यक्ष यशोदा उप्रेतीले जानकारी दिइन् । आँखा जाँच गराएकाहरु मध्ये ७ जनामा मोतिया बिन्दुको समस्या देखिएको र अपरेशनका लागि मेची आँखा अस्पताल पठाइएको उनले बताइन् । उनीहरुको निशुल्क अपरेशन हुने उनले बताइन् ।
आँखा जचाँएकाहरु मध्ये ११० जनालाई निशुल्क चश्मा र औषधी उपलब्ध गराएको स्मार्ट लेडीकी सचिव शिला भट्टराई बरालले जानकारी दिइन् ।
मेची आँखा अस्पतालको प्राविधिक तथा अर्जुनधारा १ नम्बर वडाको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेची आँखा अस्पताल बिर्तामोडका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा अर्जुनधारा १ नम्बर वडाध्यक्ष उपेन्द्र बस्नेत, लायन्स क्लबका फर्स्ट भिडिजी लिलाप्रसाद चिमरिया, डिस्ट्रिक चिफ शैलेन्द्र कुरुम्बाङ, पिआरओ सत्यनारायण शर्मा, एरिया वानका एरिया चिफ डम्बर थापासहित स्मार्ट लेडीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम स्मार्ट लेडीकी सचिव शिला भट्टराई बरालले सञ्चालन गरेकी थिइन् ।