२०८२ फाल्गुन १९ गते , मंगलबार

इलाम संकटग्रस्त क्षेत्र ‘घोषणा’ मै सिमित भएको आरोप

sajilo news
परिवेश मिडिया
२०८२ पौष १ गते , मंगलबार
इलाम संकटग्रस्त क्षेत्र ‘घोषणा’ मै सिमित भएको आरोप

बिर्तामोड गत असोज १८ गते आएको भारी बर्षाका कारण इलाममा ठूलो जनधनको क्षति भयो पहिरोका कारण ३९ जनाले ज्यान गुमाउनु पर्यो रोङ चुलाचुली गाउँपालिकाबाहेक सबै गाउँपालिकामा मानवीय क्षति भयो भने सबै पालिकामा भौतिक क्षति भयो

बाढी पहिरोका कारण ४२७ घर पूर्ण सय घरमा आंशिक क्षति भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको

भारी बर्षाले पुल तथा सडक बगाउँदा केहि दिन इलाम सदरमुकाम सडक सञ्जालबाट विच्छेद भएको थियो ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको इलाम जिल्लालाई असोज २३ गते बिहीबार बसेको मन्त्री परिषद बैठकले तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गर्यो त्यसको दुई दिनपछि असोज २५ गते भौतिक योजना तथा पुननिर्माण मन्त्री कुलमान घिसिङले इलाम पुगेर स्थलगत अवलोकन समेत गरे तर, संकटग्रस्त समय सकिन लाग्दासमेत सरकारले पुननिर्माणको काम गर्न नसकेको आरोप लाग्न थालेको

सरकारले इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गरेपनि त्यो घोषणा मै सिमित भयो,’ इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले भने, ‘पहिरो गएको साढे तीन महिना बितिसक्दा सडकको पहिरोसमेत पन्छाउन सकेको छैन पहिरोले पुरिएको सडकको ट्रयाक खोल्ने बाहेक सडकको किनारामा भएको पहिरो पन्छाउने काम नभएको उनले बताए सडकमा भएको धुलोका कारण सवारी सञ्चालनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको उनको भनाई

इलाम नगरपालिका वडा नम्बर का वडाध्यक्षसमेत रहेका दुलालले आफ्नो वडामा १३ परिवारको घर पूर्ण क्षति अन्य १७ परिवार पूर्ण जोखिममा भएको भएपनि सरकारले हालसम्म पुननिर्माणका लागि राहत रकम प्रदान नगरेको गुनासो गरे संघीय सरकारबाट कुनै रकम प्राप्त भएको छैन,’ उनले भने, ‘वडा कार्यालय दातृ निकायको सहयोगमा वटा घर निर्माणको काम अन्तिम चरणमा पुर्याएका छौँ

राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्य समिति इलामले समेत सोमबार एक विज्ञप्ती जारी गरी पुननिर्माणका लागि बजेट सुनिश्चित नगरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको रास्वपाका जिल्ला सभापति टिका ओडारीले हस्ताक्षर गरेको विज्ञप्तीमा संकटग्रस्त अवधि भित्रै आपतकालिन विशेष बजेट व्यवस्था गरिनुपर्ने, मुख्य तथा रणनीतिक सडक खण्डहरुको तत्काल पुननिर्माण तथा मर्मत गरिनुपर्ने संघीय, प्रदेश स्थानीय तहबिच प्रभावकारी समन्वय संयन्त्र सक्रिय गरिनुपर्ने माग राखिएको

यता जिल्ला प्रशासन कार्यालयले भने पुननिर्माणका लागि धमाधम रकम निकाशा भइरहेको जनाएको जिल्ला प्रशासन कार्यालय इलामका लेखापाल ललिबुङ लामिछानेले करोड ३० लाख रकम पालिकाको खातामा निकाशा भइसकेको बताए पुननिर्माण प्राधिकरणबाट प्राप्त भएको रकमबाट करोड अस्थायी आवास पुलपुलेसा, सडक, पाइप खरिद आदिमा खर्च गर्ने गरी करोड ३० लाख पालिकाको खातामा पठाइसकेका छौँ,’ उनले भने केहि पालिकाले अस्थायी आवासको दोस्रो किस्ता बापतको रकम समेत प्राप्त गर्ने अन्तिम चरणमा पुगिसकेको तर केहि पालिकाले कागजात उपलब्ध नगराउँदा मृतकलाई उपलब्ध गराइने रकम समेत निकाशा गर्न नसकिएको उनको भनाई

 

 

सम्बन्धित समाचार