२०८३ बैशाख १८ गते , शुक्रबार

चितवनबाट खगेन्द्रप्रसाद र रुद्रकलीलाई सोमबार विदाई गरिँदै

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर २८ गते , आईतबार
चितवनबाट खगेन्द्रप्रसाद र रुद्रकलीलाई सोमबार विदाई गरिँदै

बिर्तामोड चितवन राष्ट्रिय निकुञ्जमा सोमबार खगेन्द्रप्रसाद रुद्रकली नाम गरेका दुई वटा हात्तीको विदाई गरिँदैछ नेपालले कतारलाई उपहारस्वरूप पठाउन लागेका ती हात्तीको सोमबार सौराहाबाट बिदाई गरिने भएको हो  

कानुनी प्राविधिक प्रक्रियाका कारण सम्झौताको म्यादभन्दा ढिला गरी चितवनमा हात्तीलाई कतार पठाउन लागिएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको  

निकुञ्जका अनुसार सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावा आगामी पुस गते भैरहवा  विमानस्थलबाट कतार उड्नेछन्  

त्यसभन्दा अगाडि सौराहामा एक कार्यक्रमको आयोजना गरी सोमबार हात्तीलाई विदाई गरिने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अभिनास थापामगरले जानकारी दिए एक दिन हात्तीलाई रेष्ट हुनेगरी यहाँबाट भोलि (सोमबार) भैरहवा पठाइने ,’ उनले भनेपुस गते त्यहाँबाट उड्नेछन् ’ 

२०८१ वैशाख ११ १२ गते भएको कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा हात्ती पठाउने भनिएको थियो, तर कानुनी तथा प्राविधिक प्रक्रिया नमिलेपछि हात्ती पठाइएको थिएन हात्ती लोपोन्मुख वन्यजन्तुअन्तर्गत पर्दछ यस्ता वन्यजन्तुको ओसारपसार गर्दा दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) पालना गर्नुपर्दछ यी सबै प्रकृया पुरा गरेर हात्ती पठाउन लागिएको निकुञ्जले जानकारी दिएको  

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउँदा हात्ती उपहार दिने निर्णय सरकारले गरेको थियो नेपालले चितवनमै जन्मिएर हुर्केका खगेन्द्रप्रसाद रुद्रकली नाम गरेका दुई हात्ती कतार पठाउने  

खगेन्द्रप्रसाद २०७६ माघमा पूर्वीचितवनको खगेन्द्रमली पोस्टमा जन्मिएका हात्तीको भाले छावा हो अहिले सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्रमा  

चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा हुर्कंदै गरेकी रुद्रकली वर्षको भई। हात्ती प्रजनन केन्द्रमा पूजाकलीको कोखबाट जन्मिएकी रुद्रकली तीन महिनाको छँदा पूजाकलीको मृत्यु भएको थियो। पूजाकलीको मृत्युपछि उसलाई माउतेले रेखदेख गरेर हुर्काएका थिए। दुवै चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र खोरसोरमा तालिम दिइएका हात्ती हुन्।

नेपालमा वन्यजन्तु संरक्षण गर्न थालिएयता विभिन्न देशलाई अरू जनावर उपहार दिइए पनि पहिलोपटक हात्ती दिन लागिएको हो। कतार पठाउन लागिएका दुवै हात्तीको स्वास्थ्य अवस्था राम्रो रहेको सूचना अधिकारी थापाले जानकारी दिए यी हात्ती कतार पठाउनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट विज्ञ टोली कतार पुगेर हात्ती राख्ने स्थान एवं त्यहाँको वातावरण अध्ययन गरेर फर्किएको थियो। अध्ययन टोलीले हात्ती राख्न बनाइएको ठाउँ उपयुक्त रहेको निचोड निकालेको थियो हात्तीको स्वास्थ्य अवस्था, तिनका आनीबानी एवं यहाँको वातावरणबारे बुझ्न कतारबाट आएको प्राविधिक टोलीसमेत फर्किसकेको थियो। टोली दुई हात्तीको लम्बाइ तथा चौडाइका साथै तौलसमेत लिएर फर्किएको छ।

निकुञ्जका अनुसार चार महिनाअघि कतार पठाउन तयारी अवस्थामा राखिएको खगेन्द्रप्रसादको तौल एक हजार एक सय ९० किलो रुद्रकलीको तौल एक हजार दुई सय किलो रहेको थियो नेपालमा निजी घरपालुवा हात्ती ७२ छन् भने चितवन राष्ट्रिय निकुञ्जमा ५४ वटा हात्ती रहेका छन्। जङ्गली हात्ती ६५ वटाको हाराहारीमा रहेको अनुमान

हालसम्म नेपालले विभिन्न देशलाई ४७ प्रकारका वन्यजन्तु तथा आखेटोपहार उपहार दिइसकेको भने एक सय २० वटा घडियाल मगर गोहीका अन्डा उपहार दिएको सरकारले हालसम्म चीनसहित भारत, अमेरिका, जर्मनी, बंगलादेश, बेलायत, जापान, अस्ट्रियालगाय देशलाई २६ वटा गैंडा उपहार दिइसकेको नेपालले पहिलोपटक सन् १९८५ मा विदेशी राष्ट्रलाई गैंडा उपहार दिएको थियो

सम्बन्धित समाचार