२०८३ बैशाख १८ गते , शुक्रबार

लाखौं मूल्यको बेवारिसे सामान बरामद

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर २७ गते , शनिबार
लाखौं मूल्यको बेवारिसे सामान बरामद

बिर्तामोड । प्रहरीले बिर्तामोडबाट लाखौं मूल्यको बेवारिसे सामान बरामद गरेको छ ।
प्रहरीले शनिबार बिहान बिर्तामोडबाट सात लाख ९१ हजार मूल्यको समान बरामद गरेकाे हो । बिर्तामोड-५ सिटी सेन्टर पछाडिबाट कपडा, चिनी, चकलेट, जुत्ता, बिडीलगायत ११ किसिमका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
बरामद सामाग्री मेची भन्सार कार्यालय झापामा बुझाएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार