२०८३ बैशाख १८ गते , शुक्रबार
प्रधानमन्त्री र राष्ट्रपतिबिच भेटवार्ता
झापा । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता भएको छ ।
बिहीबार साँझ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्री कार्की राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेकी हुन् ।
सरकारले हिजो मात्रै जेनजीहरूसँग सम्झौता गरेको थियो । उक्त सम्झौता आजै बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरिसकेको छ ।