२०८३ बैशाख १८ गते , शुक्रबार

बिर्तामोडमा ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइयो

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर २४ गते , बुधबार
बिर्तामोडमा ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइयो

बिर्तामोड ७७आंै अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर झापाको बिर्तामोडमा अन्तरक्रिया तथा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको

मानव अधिकार सञ्जाल झापाको आयोजनामा गोमेन्द्र बहुमुखी कलेजमा आयोजित अन्तरक्रियामा झापामा भएका मानव अधिकार हनन्का विषयवस्तु, खुल्ला सिमानाकाका कारण अन्य मुलुकका नागरिकहरु नेपाल प्रवेश गर्न सक्ने संभावना, चुनौति व्यवस्थापन तथा जेनजी आन्दोलनका क्रममा अराजक गतिविधिमा संलग्नले पक्राउपछिको समस्याबारे छलफल भएको थियो

कार्यक्रमका प्रमुख अतिथी झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विभिन्न कारणले जिल्लामा हुन सक्ने सुरक्षा चुनौतिको आंकलन गरी सोही अनुसारको सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको बताए समाजमा शान्ति सुरक्षा कायम गर्न बिनाबर्दीका प्रहरी रहेका नागरिकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी गेलालले शान्ति सुव्यवस्था कायम गर्न नागरिक पनि त्यत्तिकै सजक हुनुपर्नेमा जोड दिए पछिल्लो समय भारतको बाटो हुँदै बंगलादेशी नागरिक रोहिङ्गा नेपाल प्रवेश गर्न सक्ने खतरातर्फ संकेत गर्दै प्रमुख जिल्ला अधिकारीले गाउँ समाजमा नयाँ मान्छे आएमा उनीहरुको गतिविधि नियाल्न सुरक्षा संयन्त्रलाई खबर गर्न नागरिक समक्ष आग्रह गरे

पछिल्लो समय बंगलादेशी रोहिङ्गा विभिन्न बाटो हुँदै नेपाल प्रवेश गर्न सक्ने संभावना, चुनौति व्यवस्थापनबारे मानव अधिकार सञ्जाल झापाका अध्यक्ष रुपक खनालले ध्यानाकर्षण गराएका थिए अन्तरक्रियामा मानव अधिकार परिषद कोशीका अध्यक्ष विष्णुप्रसाद खरेल, परिषदका महासचिव कमल कोइराला लगायतले मानव अधिकारका सवाल उठाउने मानव अधिकारकर्मीको मानव अधिकारको अवस्थाबारे जानकारी गएका थिए

सो अवसरमा इन्सेक वर्ष पुस्तकका लागि गत एक वर्षमा झापामा भएका अधिकार हनन्का घटना विवरण समेटिएको प्रतिवेदन इन्सेकका झापा प्रतिनिधि नरेस खातीले प्रस्तुत गरेका थिए

अन्तरक्रियामा प्रशासनतर्फ लक्षित जिज्ञासाको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुले स्पष्ट पारेका थिए भने नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्यले शुभकामना मन्तव्य राखेकी थिइन्

यसअघि हनुमान सेन्ट्रल अगाडिबाट निस्किएको प्रभातफेरीले मुक्तिचोक पूर्वपश्चिम परिक्रममा गरेको थियो मानव अधिकारसंग सम्बन्धित विभिन्न नारासहित प्लेकार्ड बोकेर निस्किएको प्रभातफेरी पछि सुरेस अग्रवाल भद्रपुरे, तोया काफ्ले, रेजिना गौतम, कञ्चना ढकाल लगायतले सम्बोधन गर्दै कुनै पनि व्यक्तिले मानवअधिकारका न्यूनतम अधिकारको उपभोग गर्न पाउनुपर्नेमा जोड दिए

प्रभातफेरीमा मानव अधिकार सञ्जाल झापा, नारी सञ्चार गृह, एविसी नेपाल, महिला सुरक्षा दवाव समूह, एमनेष्टी इन्टर नेशनल, गोमेन्द्र बहुमुखी कलेज लगायतका विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो  

मानव अधिकार सञ्जाल झापाको आयोजनामा सम्पन्न कार्यक्रम दिपक दासले सञ्चालन गरेका थिए

सम्बन्धित समाचार