२०८३ बैशाख १८ गते , शुक्रबार

मतदाता नामावली सच्याउन र मतदान स्थल परिवर्तन अनलाइनबाटै गर्न सकिने

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर २३ गते , मंगलबार
मतदाता नामावली सच्याउन र मतदान स्थल परिवर्तन अनलाइनबाटै गर्न सकिने

झापा निर्वाचन आयोगले मतदाता नामावलीमा भएका त्रुटि सच्याउन एउटै वडाभित्र मतदानस्थल परिवर्तन गर्नका लागि यही मंसिर २६ गते शुक्रबारसम्मको समयसीमा तोकेको

आयोगले दाबी विरोध प्रयोजनका लागि मतदाता नामावली सार्वजनिक गर्दै अनलाइनबाटै निवेदन दिन सकिने जनाएको आयोगका अनुसार तोकिएको समयभित्र मतदाताले आफ्नो विवरणमा रहेका त्रुटि सच्याउन, नामावलीबाट नाम हटाउन तथा दाबी विरोध गर्न सक्नेछन् आयोगका अनुसार एउटै वडाभित्र आफूलाई पायक पर्ने अर्को ठाउँमा मतदानस्थल सार्न चाहेमा पनि यसै अवधिमा निवेदन दिन सकिनेछ

कसैले झूटो विवरणका आधारमा नाम दर्ता गराएमा विरोधमा उजुरी दिन सकिनेछ एउटै व्यक्तिको नाम एकभन्दा बढी ठाउँमा परेमा एक ठाउँमा मात्र राख्न आयोगको अनुरोध मृतक वा नागरिकता त्याग गरेका व्यक्तिहरूको नाम हटाउन सूचना दिन पनि आयोगले भनेको दाबीविरोधका सबै प्रक्रिया पूरा भएपछि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगको तयारी

मतदान स्थल छनोटका लागि अनलाइन सुविधा बढाउने उद्देश्यसहित आयोगले कतिपय मतदान स्थलहरूको पुनरावलोकन समेत गरेको मतदाताले अब आफ्नो वडाभित्रका मतदान स्थलमध्ये सुविधाजनक स्थल छनोट गर्न अनलाइन प्रणालीमार्फत निवेदन दिन सक्नेछन् आयोगले मतदाता नामावलीलाई अझ शुद्ध, विश्वसनीय त्रुटिरहित बनाउन आम मतदाता तथा सरोकारवालाको सक्रिय सहभागिताका लागि अपिल गरेको

यस्तै निर्वाचन आयोगले समानुपातिक चुनाव प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय हिजो आयोगको कार्यालय परिसरमा स्थापना भएको हो कूल सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत सय १० जना निर्वाचित हुने व्यवस्था

मतदाता नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

सम्बन्धित समाचार