ज्यान मार्ने उद्योगका फरार प्रतिवादी ७ बर्षपछि पक्राउ
बिर्तामोड । ज्यान मार्ने उद्योग कसुरका एक फरार प्रतिवादी ७ बर्षपछि पक्राउ परेका छन् । प्रहरीले पाँचथर जिल्ला साविक रानिटार गाउँ विकास समिति वडा नम्वर ६ बस्ने पुर्ण गुरुङलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापा, पाँचथर र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले गुरुङलाई सोमबार राति ९ बजे शिवसताक्षी नगरपालिका २ त्रिवेणी चोकबाट पक्राउ गरेको जिप्रका झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
गुरुङलाई जिल्ला अदालत पाँचथरले २०७५ साल वैशाख २४ गते ज्यान मार्ने उद्योग मुद्धामा १२ बर्ष कैद हुने फैसला गरेको प्रहरीले जनाएको छ । त्यस यता गुरुङ फरार रहँदै आएको र सोमबार गोप्य सुचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका गुरुङलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीको भनाई छ ।