२०८३ बैशाख १८ गते , शुक्रबार

निर्माण व्यवसायी संघद्वारा न्यानो कपडा वितरण

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर २२ गते , सोमबार
निर्माण व्यवसायी संघद्वारा न्यानो कपडा वितरण

बिर्तामोड निर्माण व्यवसायी संघ झापाले १८औँ निर्माण दिवसको अवसरमा सोमबार झापाका दुई स्थानमा अपाङ्गता भएका बालबाालिकालाई न्यानो कपडा वितरण गरेको

संघले झापाको अर्जुनधारास्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र कनकाई नगरपालिका लक्ष्मीपुरस्थित हिमाली आधारभूत विद्यालयमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरुलाई न्यानो ट्रयाकसुट वितरण गरेको हो

संघका अध्यक्ष रमेश अधिकारी, निवर्तमान अध्यक्ष मिलन वस्नेत, प्रथम उपाध्यक्ष केदार गिरी, द्वितीय उपाध्यक्ष राजकुमार राई, तृतीय उपाध्यक्ष नयन बराल, महासचिव पुष्पराज निरौला, कोषाध्यक्ष यज्ञनिधि भुर्तेल, सहकोषाध्यक्ष सुरेन्द्र धिमाललगायत पदाधिकारीसदस्यहरुले आज विहान ती विद्यालयमा पुगेर न्यानो कपडा वितरण गरेका थिए न्यानो कपडा वितरण कार्यक्रममा झापाका निर्माण व्यवसायीहरुको उल्लेख्य सहभागिता थियो

अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा १६ हिमाली आधारभूत विद्यालयमा २१ जनालाई ट्रयाकसुट वितरण गरिएको संघका कार्यालय सचिव ज्योति पौडेलले जानकारी दिए

निर्माण व्यवसायी संघ झापाले विगतदेखि नै व्यवसायिक हकहितका क्रियाकलापसँगै सामाजिक कार्यहरुलाई पनि प्राथमिकताका साथ निरन्तरता दिँदै आएको बताउँदै संघका अध्यक्ष रमेश अधिकारीले आर्थिक रुपमा कमजोर असहाय वर्गका अपाङ्गगता भएका बालबालिका अध्ययन गर्ने विद्यालय छानेर यस वर्ष न्यानो कपडा वितरण गरिएको जानकारी दिए

सम्बन्धित समाचार