२०८३ बैशाख १८ गते , शुक्रबार
अर्जुनधारामा आगलागी, लाखौंको क्षति
बिर्तामोड । झापाको अर्जुनधारामा गएराति एउटा हार्डवेयर पसलमा आगलागी भएको छ ।
सन्तोष शाहले सञ्चालन गरेको सो पसलमा आगलागी भएको हो । दुईतले घरमा सञ्चालित हार्डवेयर पसलमा आगलागी हुँदा अन्दाजी ९० लाख मुल्य बराबरको सामग्री नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीयवासी, प्रहरी र मेचीनगर, भद्रपुर तथा बिर्तामोड नगरपालिकाको दमकलले आगलागी नियन्त्रणमा लिएको थियो ।