२०८३ बैशाख १८ गते , शुक्रबार

भदौ २३ गते जेनजी सहिद दिवस मनाइने

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १५ गते , सोमबार
भदौ २३ गते जेनजी सहिद दिवस मनाइने

बिर्तामोड । सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा सोमबार बसेको बैठकले यस्ताे निर्णय गरेकाे सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए । 
बैठकले जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमान्, श्रीमती, अविवाहित छोरी र अविवाहित छोरालाई गृह मन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको मन्त्री खरेलले बताए । 

सम्बन्धित समाचार