२०८३ बैशाख १८ गते , शुक्रबार
भदौ २४ मा लुटिएको गोली बरामद
बिर्तामोड । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको हतियारका थप गोली फेला परेको छ ।
आईतबार दिउँसो ४ः४० बजे दमक नगरपालिका वडा नं. ७ पशुहाटस्थित ७ न. वडा कार्यालयभन्दा पछाडीपट्टी ढल निकासमा प्रयोग गरिने पाइपको चेपमा सेतो प्लाष्टिकभित्र पोका पारी शंकास्पद अवस्थामा लुकाई छिपाई राखिएको ५८ राउण्ड गोली प्रहरीले बरामद गरेकाे हो ।
इप्रका दमकबाट खटिएको टोलीले उक्त पोका खोली हेर्दा .३०३ मार्क राइफलको राउण्ड थान ८, इन्सासको जंगी राउण्ड ५० बिन्दुली भेटिएको हो । ती गोली बरामद गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ ।