२०८३ बैशाख १८ गते , शुक्रबार

इलाममा ट्रक र स्कुटर जुध्दा दुई शिक्षकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १३ गते , शनिबार
इलाममा ट्रक र स्कुटर जुध्दा दुई शिक्षकको मृत्यु

बिर्तामोड । शनिबार इलाममा ट्रक र स्कुटर आपसमा जुध्दा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी डेविड थापा मगर र छेवाङ शेर्पाको मृत्यु भएको हो ।
इलाम बजारबाट माईखोला माथि हेडट्याङ्कतर्फ आउँदै गरेको प्रदेश १-०१-०१२ प ४८९९ नम्बरको स्कुटर र झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१०१ नम्बरको ट्रक इलाम नगरपालिका ९ स्थित पुरानो रेशम खेती नजिकै जुध्दा इलाम नगरपालिका ९ गोलबस्ती बस्ने अन्दाजी वर्ष २६ का थापामगर र माईजोगमाई गाउँपालिका १ नयाँबजार घर भई इलाम ७ चोकबजार बस्ने अन्दाजी वर्ष १८ का शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक दुवैजना इलामस्थित ग्रीन भ्याली स्कुलका शिक्षक हुन् । उनीहरू विद्यालयले आयोजना गरेको पिकनिकमा गएको बुझिएको छ ।
दिउँसोसम्म गीत गाएर रमाइलो गरिरहेका निज शिक्षकहरु कति बेला पिकनिकस्थलबाट बाहिरिएका थिए भन्ने आफुले थाहा नपाएको पिकनिकमा सामेल एक कर्मचारीले बताए ।
ट्रक चालक इलाम नगरपालिका ५ का रामप्रसाद श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् ।

सम्बन्धित समाचार