२०८३ बैशाख १८ गते , शुक्रबार

राजावादीहरुले दोहोरो चरित्र देखाए : दुर्गा प्रसाई

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १३ गते , शनिबार
राजावादीहरुले दोहोरो चरित्र देखाए : दुर्गा प्रसाई

बिर्तामोड राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह उनका समर्थक (राजावादी) प्रति असन्तुष्टि पोखेका छन्

शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले  आफू राजसंस्था हिन्दु राज्यको पक्षमा तीन वर्षदेखि लड्दै आए पनि पूर्वराजा निष्क्रिय बनेको  राजावादीहरूले पनि दोहोरो चरित्र देखाएको आरोप लगाए सोही कारण आन्दोलन निष्कर्षमा पुग्न नसकेको उनको गुनासो थियो

प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकामाथि प्रश्न उठाउँदै उनी सक्रिय हुनुपर्ने बताए उनले भने, ‘राजाका मान्छे चार जना बाटोमा उफ्रिने, तर एउटा राजाको विज्ञप्ति पनि आउँदैन। राजा गएर दमकको चिया बगानमा घाम तापेर बस्ने ?

उनले पृथ्वीनारायण शाहको उदाहरण दिँदै राजा आफैं पनि सक्रिय हुनुपर्ने तर्क गरे हिजो पृथ्वीनारायण शाह पनि हातमा खुकुरी लिएर निस्किएर पो राजा भएका हुन् त। राजाको पनि केही केही हुनुपर्यो नि , जोड हुनुपर्यो, घटाउ हुनुपर्यो, बल हुनुपर्यो,’ प्रसाईंले भने

प्रसाईंले विदेशमा बसेर सामाजिक सञ्जालमा क्रान्तिकारी बन्ने तर आन्दोलनलाई सहयोग नगर्ने राजावादीहरूप्रति समेत उनले व्यंग्य गरे। उनले विदेशमा ग्रिन कार्ड लिएर बस्ने नेपालमा आन्दोलन चर्काउन उक्साउनेहरूलाई देश फर्केर आउनु चुनौती दिए

प्रसाईंले राजसंस्था फर्काउने अन्तिम सुरक्षित विकल्पजनमत संग्रह भएको बताउँदा राजावादीहरूले नै आफ्नो विरोध गरेकोमा आपत्र् िजनाए। उनले भने, ‘संसदबाट फ्याँकेको राजा संसदबाटै (दुई तिहाइले) ल्याउनुपर्छ, होइन भने लडाइँ गर्न सबै सडकमा निस्किनुपर्यो कोही ननिस्किने, एक्लैले बल गर्दा हुन्छ ? अनि मैले जनमत संग्रहको कुरा गर्दा राजा छोडेको हुन्छ ?

उनले राजावादीहरूलाई चुनौती दिँदै भने, ‘त्यत्रो राजालाई मन पराएको भने, हिन्दु राष्ट्र चाहिएको भने, हालौँ ब्यालेट बक्स। ड्याम की ड्याम ९५ पर्सेन्ट भोट हालेर ल्याउ राजालाई

प्रसाईंले आफू वर्षदेखि राजा हिन्दु धर्मको पक्षमा लडिरहेको, जेल बसेको तर अन्य राजावादी दल नेताहरूले केही नगरेको दाबी गरे उनले भने, ‘राजा ल्याउनको लागि लडेकै हो नि, जेल बसेकै हो कोही नगर्ने, अनि अहिले आएर विरोध गर्ने ?

प्रसाईंले आफूले राजाको मुद्दा नछोडेको तर राजा राजावादीहरूले पनि आन्दोलनलाई साथ दिनुपर्ने निष्क्रिय भएर बस्न नहुने स्पष्ट पारे। उनले प्रधानमन्त्रीको टेबलसम्म राजसंस्था हिन्दु राज्यको माग पुर्याउनु आफ्नो सफलता भएको समेत दाबी गरे

सम्बन्धित समाचार