२०८३ बैशाख १८ गते , शुक्रबार

प्रेस सेन्टर कालीकोटका अध्यक्ष आचार्यको निधन

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १३ गते , शनिबार
प्रेस सेन्टर कालीकोटका अध्यक्ष आचार्यको निधन

बिर्तामोड । प्रेस सेन्टर कालिकोटका अध्यक्ष वीरेन्द्र आचार्यको मृत्यु भएको छ । सवारी दुर्घटनामा परी आचार्यको मृत्यु भएको हो । ‎
गएराति वीरेन्द्रनगर नगरपालिका–२ स्थित भुरेलीमा भएको दुर्घटनामा ३४ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याइयको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
आचार्य कालिकोटको ताडीस्थित रेडियो तिला आवाजका सञ्चालक हुन् ।
वीरेन्द्रनगरको मूलपानीबाट चोकबाट भुरेलीतर्फ जाँदै गर्दा २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र आचार्य सवार लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
सवारी दुर्घटनामा आचार्यको मृत्यु भएपछि उनका आफन्तले वीरेन्द्रनगरमा आन्दोलन चर्काएका छन् । घटनाको उचित छानबिनको माग गर्दै आफन्तहरूले वीरेन्द्रनगरको मुलपानी चोक र एरिचोक लगायतका क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
मृतक आचार्यका आफन्तहरूले भने प्रहरीले प्रमाण मेटाउने काम गरेको र मुचुल्का नउठाई घटनास्थलमा पानी हालेको आरोप लगाएका छन् । उनीहरूले आवश्यक अनुसन्धानको माग गर्दै शनिबार बिहानैदेखि आन्दोलन चर्काएका हुन् ।
यता प्रेस सेन्टर नेपालले घटनाको उचित छानबिन गरी पीडितलाई राहत र पीडकलाई कारबाहीको माग गरेको छ।

सम्बन्धित समाचार