२०८३ बैशाख १८ गते , शुक्रबार

स्मार्ट लेडीद्वारा विद्यार्थीलाई कपी वितरण

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर ११ गते , विहीबार
स्मार्ट लेडीद्वारा विद्यार्थीलाई कपी वितरण

बिर्तामोड । लायन्स क्लव अफ बिर्तामोड स्मार्ट लेडीले झापाको एक विद्यालयका विद्यार्थीहरूलाई कपी वितरण गरेको छ । बाह्रदशी-६ मा रहेको श्री पञ्चमणी माध्यमिक विद्यालयमा अध्यनरत २०० विद्यार्थीहरूलाई उनीहरूले बिहिबार कपी वितरण गरेका हुन् ।
जन्मदिनको अवसरमा निर्जला उप्रेती , नोवेल उप्रेती र सुनैना खड्काको सौजन्य र स्मार्ट लेडीको समन्वयमा कपी वितरण गरिएको स्मार्ट लेडीकी अध्यक्ष यशोदा उप्रेतीले जानकारी दिइन् ।
कार्यक्रमा लायन्स क्लबका जनसम्पर्क प्रमुख सत्यनारायण शर्मा, डिष्ट्रिक चिफहरू शैलेन्द्र कुरुम्बाङ,  मनोज वस्नेत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पशुपती संग्रौला, प्रअ तुलाराम निरौला लगायतको उपस्थिति रहेको थियो ।
आफ्ना विद्यार्थीलाई कपी वितरण गरिएकोमा खुसी व्यक्त गर्दै प्रधानाध्यापक निरौलाले लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीप्रति आभार व्यक्त गरे । 

सम्बन्धित समाचार