२०८३ बैशाख १८ गते , शुक्रबार

झुम्का कारागारबाट फरार कैदीबन्दी झापाबाट पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १० गते , बुधबार
झुम्का कारागारबाट फरार कैदीबन्दी झापाबाट पक्राउ

बिर्तामोड । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते सुनसरीस्थित झुम्का कारागारबाट फरार दुईजना कैदीबन्दी झापाबाट पक्राउ परेका छन् ।
बुधबार बिहान १०:१० बजे इप्रका काँकरभिट्टाबाट खटिएको प्रहरी  टोली  र जिप्रका झापाबाट सादा पोशाकमा खटिएको टोलीले झुम्का कारागारबाट राजस्व छलि मुद्धामा कैद भुक्तान गरि बसिरहेका मेचीनगर नगरपालिका ६ का
बर्ष ५२ को मदन पोखरेल र बर्ष ५८ को उत्तम ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनीहरू आफ्नै घरवतनमा लुकिछिपी बसिरहेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको उनले बताए । पक्राउ परेकाहरूलाई सम्बन्धित कारागारमा पठाइने प्रहरीले जनाएको छ । पक्राउ परेका पोखरेल र ठकुरी राजस्व छली मुद्दामा कारागारमा रहेका थिए । 

सम्बन्धित समाचार