२०८३ बैशाख १८ गते , शुक्रबार

युवा व्यवसायी सुब्बाद्वारा आश्रममा सहयोग

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १० गते , बुधबार
युवा व्यवसायी सुब्बाद्वारा आश्रममा सहयोग

बिर्तामोड बिर्तामोड निवासी युवा व्यवसायी तथा समाजसेवी जोया सुब्बाले बिर्तामोडस्थित बृद्धाश्रम बालआश्रमलाई सहयोग गरेकी छन् एक्स थ्री बक्सिङ क्लबकी सञ्चालक बिर्तामोड निवासी सुब्बाले बुधबार बिर्तामोडस्थित तारा नमस्ते बालग्राम स्नेहा माया घरमा नगद तथा खाद्यवस्तु सहयोग गरेकी हुन्

बक्सिङको राष्ट्रिय निर्णायकसमेत रहेकी सुब्बाले प्रति आश्रम बोरा चामल, लिटर खानेतेल, चिनी, दाल, सेनेटरी प्याडलगायत वस्तु सहयोग गरेकी थिइन् त्यस्तै माया घरमा आश्रित बुवाआमालाई प्रति व्यक्ति सयका दरले नगद सहयोग गरेकी थिइन् अरुको सहारामा आश्रित व्यक्तिलाई सहयोग गर्नु नै मानवता भएको सुब्बाले प्रतिक्रिया दिइन् सानै भएपनि सहयोग गर्न पाएकोमा उनले खुशी व्यक्त गरिन्

उनले बालआश्रममा आश्रित बालबालिकाले बक्सिङ सिक्न चाहेमा आफ्नो क्लबमा निशुल्क सिकाउने घोषणासमेत गरिन् सुब्बाले आफ्नो क्लबमा आउने सबै महिला खेलाडीलाई निशुल्क भर्ना गर्ने गरेको बताइन्

संक्षिप्त रुपमा आयोजित कार्यक्रममा गुरु प्रसाद डिकमाया फाउण्डेशनका अध्यक्ष गुरुप्रसाद ओझा, माया घरकी कर्मचारी चेतना खतिवडा, बालआश्रम सञ्चालक समितिकी सदस्य इन्दु कट्टेल, एक्स थ्री बक्सिङ क्बलका प्रशिक्षकद्वय राजु लिम्बु डम्बर लिम्बु उपस्थित थिए कार्यक्रम पुष्प खड्काले सहजीकरण गरेका थिए

आश्रमलाई सहयोग गर्ने एक्स थ्री बक्सिङ क्लबकी प्रबन्ध निर्देशक सुब्बालगायतलाई फाउण्डेशनका अध्यक्ष ओझा बालग्राम सञ्चालक सदस्य इन्दु कट्टेलले धन्यवाद दिँदै भविष्यमा समेत सहयोग गरिदिन आग्रह गरे

सुब्बाको एक्स थ्री बक्सिङ क्लब बिर्तामोड नयाँबसपार्क स्थित आफ्नै थाम्सुहाङ मार्केटमा सञ्चालित   

सम्बन्धित समाचार