२०८३ बैशाख १८ गते , शुक्रबार

कस्तो छ आजको तपाईको राशिफल

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १० गते , बुधबार
कस्तो छ आजको तपाईको राशिफल

वि.सं. २०८२ साल मंसिर १० गते बुधबार इस्वी सन् २०२५ नोभेम्बर २६ तारिख नेपाल संवत् ११४६

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा परिवारका साथ उपलब्धिमूलक रमाइलो यात्राको सम्भावना देखिन्छ काम गर्ने जोस, जाँगर आत्मबल बढ्नेछ न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ साथीभाइ तथा इष्टमित्रको सहयोग मिल्नेछ मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारीको खोजीमा हुनेहरूले काम पाउने प्रशस्त सम्भावना रहेको यात्रा, खेलकुद, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ

वृष (,,,,वा,वी,वू,वे,वो) व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी धन आर्जन गर्न सकिनेछ समयले साथ दिने हुनाले सानो प्रयत्नले परिणाममुखी काम गर्न सकिनेछ धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ प्रेममा रमाउन चाहानेहरुका लागी समय उत्तम रहेको आत्मविश्वास बढ्ने हुनाले लक्ष्य पहिल्याउन सकिनेछ पराक्रमी क्रियाकलापमा समय व्यतीत हुनेछ

मिथुन (का,की,कू,,,,के,को,हा) व्यवसायमा लगानी गरे पनि समयमा प्रतिफल प्राप्त नहुँदा आर्थिक संकटको सामना गर्नुपर्ला आम्दानीको तुलनामा खर्च धेरै हुनाले दैनिकी प्रभावित हुनेछ नचाहँदा नचाहँदै तपाईँको बोलिले अरूको मन दुख्नेछ सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घटनाहरू घट्न सक्छ तर पनि अध्ययनमा मन जानेछ खेलकुद तथा पराक्रमी कामबाट नतिजा हात पार्न सकिनेछ

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्तसँग रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा भरपुर मनोरञ्जन लिन सकिनेछ पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ प्रेम मित्रताको बन्धन कसिलो हुनेछ भौतिक तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान आकर्षित गर्न सकिनेछ एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट लाभ लिन सकिनेछ खेल क्षेत्रसँग सम्बन्धित खेलाडी, पत्रकार तथा व्यापारीहरूका लागी समय उत्तम रहेको

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यवसायमा लगानी बढाएर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम रहनेछ

कन्या (टो,पा,पी,पू,,,,पे,पो) व्यापार तथा वित्तीय क्षेत्रको लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ आफन्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ नयाँ विचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरी व्यवहारमा रूपान्तरण गर्न सकिनेछ प्रेममा सफलता मिल्नेछ खेलकुद तथा पराक्रमी क्रियाकलाप मन जानेछ

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीतिकर्मी तथा समाजसेवीहरूका लागी समय मध्यमय रहेकोले जनताको समर्थन पाइने छैन घर जग्गा तथा सवारी साधन सम्बन्धी लफडा पर्न सक्छ आफन्त तथा आमासँग मनमुटाब बढ्ने वा घरबाट टाढा जानु पर्ने हुन सक्छ प्रेममा मनमुटाब सिर्जना हुनेछ तर पनि अध्ययनबाट नतिजा हात पार्न सकिनेछ खेल क्षेत्रसँग सम्बन्धित खेलाडी, पत्रकार तथा व्यापारीहरूका लागी समय उत्तम रहेको

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आट साहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले पुरुषार्थी काम गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् उद्योग, शेयर बजार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागी समय फलदायी रहेको प्रेममा सामिप्यता बढेर जानेछ खेलाडी तथा समर्थकका लागी समय राम्रो रहेको

धनु (ये,यो,भा,भी,भू,,फा,ढा,भे) व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ पहिले लगानी गरेका रकमहरू उठ्ने हुनाले मन प्रसन्न हुनेछ आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ रमाइलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ प्रयत्न गर्दा भइपरी आउने समस्याहरू सहजै समाधान हुनेछ खेलाडी तथा पराक्रमी क्रियाकलाप भाग लिई उत्कृष्ट नतिजा हात पार्न सकिनेछ

मकर (भो,जा,जी,जू,जे,जो,,खी,खू,खे,खो,गा,गी) राजनीतिकर्मी तथा समाजसेवीहरूले जनताको काम गरी नाम कमाउन सक्नेछन् नोकरीमा सहकर्मीहरूलाई पछि पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेको पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ खेलाडी तथा खेल क्षेत्रमा मान गर्ने व्यक्तिहरूका लागी समय राम्रो रहेको

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाइनेछ मन परेको मानिसबाट टाढिनु पर्दा मन खिन्न हुनेछ न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेको तर पनि यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ खेलाडी तथा खेल क्षेत्रमा समय लगानी गर्नेहरूका लागी समय शुभ रहेको

मीन (दी,दू,,,,दे,दो,चा,ची) व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ दाजुभाइ तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ खेलाडी तथा खेल क्षेत्रका काम गर्नेहरूका लागी समय उत्तम रहेको

सम्बन्धित समाचार