२०८३ बैशाख १८ गते , शुक्रबार
मेचीनगरमा पुरुषको शव फेला, हत्या भएको आशंका
बिर्तामोड । झापाको मेचीनगरमा एक जना पुरुषको शव फेला परेको छ । मेचीनगर १० खयरडाँगी बस्ने अन्दाजी ५५ वर्षीय काजीकुमार कार्कीको शव फेला परेको हो ।
मेचीनगर १० स्थित रामघाटको सिडीमा कोल्टे परी मृत अवस्थामा मङ्गलबार बिहान अन्दाजी ७:२० बजे स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । नाकबाट रगत बगेको अवस्थामा कार्कीको शव फेला परेकाले हत्या भएको आशंका गरिएको छ । उनको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको खड्काले बताए । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको उनले जानकारी दिए।