२०८३ बैशाख १८ गते , शुक्रबार

झापाका संस्कार बने सारेगम प लिटल च्याम्प्सको सेकेण्ड रनरअप

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर ८ गते , सोमबार
झापाका संस्कार बने सारेगम प लिटल च्याम्प्सको सेकेण्ड रनरअप

बिर्तामोड । झापाको बिर्तामोड निवासी संस्कार सापकोटा देशकै प्रतिष्ठित रियालिटी शो सारेगम प लिटल च्याम्प्स नेपाल सिजन २ को सेकेण्ड रनरअप बन्न सफल भएका छन् ।

काठमाण्डौमा सम्पन्न फाइनल प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै उनी सेकेण्ड रनरअप बन्न सफल भएका हुन् । बिर्तामोडस्थित सप्तक संगीतालयमा संगीत सिकिरहेका संस्कार हाल न्युटन एजुकेशन एकेडेमीमा कक्षा ८ का विद्यार्थी हुन् ।

देशभरका प्रतिभाशाली बाल कलाकारहरूबीच भएको प्रतियोगिताको सबै राउन्ड पार गर्दै फाइनलमा प्रवेश गरेका संस्कारले फाइनल राउन्डमा गुलाम अलीको स्वरमा रहेको ‘किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ गीत प्रस्तुत गरेका थिए । उनको प्रस्तुतिले निर्णायक र दर्शकको मन जित्दै उनलाई सेकेण्ड रनरअपको उपाधि दिलाएको हो ।

यस उपाधिसँगै संस्कारले नगद तीन लाख, ट्रफी, प्रमाणपत्र, काठमाण्डौस्थित मिडभ्याली कलेजमा प्लस टु सम्मको पूर्ण छात्रवृत्ति र दुई वटा म्युजिक भिडियोमा काम गर्ने अवसर पनि प्राप्त गरेका छन् ।

भजनका पारखी समेत रहेका संस्कारले प्रणामी सम्प्रदायमा भजन प्रस्तुत गरेर छुट्टै पहिचान बनाइसकेका छन् ।

सम्बन्धित समाचार