२०८३ बैशाख १८ गते , शुक्रबार

श्रीमानले चलाएको अटो दुर्घटनाका घाइते श्रीमतीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १ गते , सोमबार
श्रीमानले चलाएको अटो दुर्घटनाका घाइते श्रीमतीको मृत्यु

बिर्तामोड कात्तिक २१ गते गौरादहमा अटो दुर्घटनामा घाइते खुस्बु खातुनको मृत्यु भएको खातुनको नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको  हो ।

गौरादह नगरपालिका पाडाजुगीगौरीगञ्ज सडक खण्डको गैरिया चोकमा कात्तिक २१ गते श्रीमान मोहम्मद डोमाले चलाएको अटो दुर्घटना हुँदा खुस्बु गम्भीर घाइते भएकी थिइन् निम्स अस्पताल दमकमा प्राथमिक उपचार पश्चात नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेकोमा आइतबार १२ः३० बजे खुस्बुको निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

गैरिया चोकमा धान लोड गर्दै गरेको मिनि ट्रकमा अटो ठोक्किएर दुर्घटना हुँदा चालक डोमाको बाँया हातमा चोट लागेको पछाडी सवार खुस्बु गम्भीर घाइते भएकी थिइन्

घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार