२०८३ बैशाख १८ गते , शुक्रबार
जेनजी आन्दोलनमा भागेका झापाका ८४ थुनुवा प्रहरी सम्पर्क बाहिर
अशोक रिमाल आफै आए प्रहरी सम्पर्कमा
बिर्तामोड । जेन जी आन्दोलनको क्रममा फरार भएका एक थुनुवा आफै सम्पर्कमा आएका छन् । भदौ २४ गते इलाका प्रहरी कार्यालय झिलझिलेबाट फरार भएका अशोक रिमाल प्रहरी सम्पर्कमा आएका हुन् ।
सवारी अंगभङ्ग मुद्दामा अनुसन्धानमा रहेका झापा कचन्कवल गाउँपालिका-६ घर भई हाल काठमाण्डौं दक्षिणकाली नगरपालिका फर्पिङ बस्ने १८ वर्षीय रिमाल आज बिहान अन्दाजी ९:३० बजेको समयमा इलाका प्रहरी कार्यालय झिलझिलेमा आफैं सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।
निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
जेन जी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनी, झिलझिले र दमकबाट ९२ जना थुनुवा फरार भएका थिए । अझै ८४ जना थुनुवा प्रहरी सम्पर्क बाहिर रहेको प्रहरीले जनाएको छ ।