सिद्धिविनायकको चौथो बार्षिक साधारण सभा सम्पन्न
बिर्तामोड । झापा बिर्तामोड-४ मेघाबारी टोल स्थित सिद्धिविनायक भजन कीर्तन मण्डलीको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार साधारणसभाको अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । भगीरथ प्रसाई, जानुका खत्री, रुपादेवि खनाल, तिल प्रसाद गौतम, भुवानी पाठक र विष्णु कुमार तामाङ्गलाई सम्मान गरिएको संस्थाका सहसचिव दिनेश अधिकारीले जानकारी दिए ।
मञ्जुश्री असहाय केन्द्रकी अध्यक्ष मञ्जु ओली, मनकामना कलेजका सहायक प्रमुख राजेन्द्र प्रसाई, बिर्तामोड ४ का वडा सदस्य केशव श्रेष्ठ, मण्डलीको संस्थापक अध्यक्ष गीता पोखरेल, भेटी सङ्कलन समिति संयोजक शंकर उप्रेतीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
मण्डलीका कोषाध्यक्ष याम प्रसाद न्यौपानेले गत आवको ४ लाख ५३ हजार एक सय अन्ठाउन्न रुपैयाको आम्दानी खर्च विवरण प्रस्तुत गरेका थिए । उनले मण्डलीमा हुने सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्रणालीबाट मात्र गर्ने गरेको बताए ।
जग्गादाता गुरु प्रसाद ओझाको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता भक्ति पाठकले गरेका थिए । संस्थाकी सचिव उमा आचार्यले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष सिद्धनाथ गौतमले स्वागत गरेका थिए ।