२०८३ बैशाख १८ गते , शुक्रबार

बुद्धशान्तिका एक बृद्धद्वारा आत्मदाह

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २९ गते , शनिबार
बुद्धशान्तिका एक बृद्धद्वारा आत्मदाह

बिर्तामोड । झापा बुद्धशान्तिका एक बृद्धले आफ्‌नो शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेका छन् ।
गएराति अन्दाजी ११:३० बजे बुद्धशान्ति गाउँपालिका ६ सन्तपुर बस्ने ८४ वर्षीय डिल्लीराम अधिकारीले आत्मदाह गरेका हुन् । घरबाहिर आँगनमा आफ्नो शरीरमा आफैले पेट्रोल खन्याई आगो लगाई आत्मदाह गरेका बताइएको छ । अधिकारीलाई जलेर मृत अवस्थामा उनका काईला छोरा भोगेन्द्र अधिकारीले फेला पारेका थिए ।
मृतक अधिकारी मानसिक रोगी रहेको र औषधी सेवन गर्दै आएको परिवारको भनाई उद्धृत  गर्दै प्रहरीले जनाएको छ। थप अनुसन्धान तथा कानुनी प्रकृया पूरा गरी मृतकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार