२०८२ पौष २ गते , बुधबार

मतदाता नामावली संकलनको म्याद थप गर्न आग्रह

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २८ गते , शुक्रबार
मतदाता नामावली संकलनको म्याद थप गर्न आग्रह

बिर्तामोड प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली संकलनमा देखिएको उत्साह चापलाई ध्यानमा राख्दै म्याद थप गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन्

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले म्याद थपका लागि आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको

यसबारे आयोग सकारात्मक रहेको दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिएको पनि सचिवालयको भनाइ सोहीअनुसार म्याद थपको तयारी भइरहेको बताइएको

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीबारबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको

यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी छन्

त्यो विषय पनि समाधान गर्दै अघि बढिरहेको भण्डारीले जानकारी दिएका छन्   यसअघि आयोगले मतदाता नामावली संकलनका लागि नयाँ नाम दर्ता गर्न कात्तिक ३० गतेसम्मको म्याद तोकेको थियो

सम्बन्धित समाचार