२०८३ बैशाख १८ गते , शुक्रबार
जेनजी आन्दोलनको दिन फरार थुनुवा पक्राउ
बिर्तामोड । भदौ २४ गते जेनजी आन्दोलनको क्रममा फरार दुई जना थुनुवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतबाट फरार भएका मध्ये थप दुई जना पक्राउ परेका हुन् ।
प्रहरीले ३३ वर्षीय सरोज पौडेल र २५ वर्षीय पंकजराज मैनालीलाई पक्राउ गरेको हो । उनीहरू लागूऔषध कसुरमा थुनामा रहेको प्रहरीले जनाएको छ ।