२०८३ बैशाख १८ गते , शुक्रबार

बिर्तामोडको प्रहरी कार्यालय पुनर्निर्माणमा सहयोग जुट्दै

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २६ गते , बुधबार
बिर्तामोडको प्रहरी कार्यालय पुनर्निर्माणमा सहयोग जुट्दै

बिर्तामोड । भदौ २४ को जेनजी आन्दोलनको क्रममा ध्वस्त बनेको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई सहयोग जुट्ने क्रम जारी छ ।
ईलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको पुनर्निर्माणका लागि हिमालयन एभरेस्ट इन्स्योरेन्स  कम्पनीले ८० हजार  बराबरको एक थान कम्प्युटर सेट  उपलब्ध गराएको पुनर्निर्माणका अगुवा पदम श्रेष्ठले जानकारी दिए । 

त्यस्तै बिर्तामोड ६ निवासी युवा व्यवसायी एनर्जी  सोल्युसनका प्रोप्राइटर भवानी शिवाकोटीले ८५ हजार मूल्य बराबरको एक थान इन्भर्टर र दुई थान ब्याट्री  उपलब्ध गराएका छन् ।
ध्वस्त बनेको दुवै प्रहरी कार्यालय स्थानीयको सक्रियतामा पुनर्निर्माण गरी सञ्चालनमा आएको छ । 

सम्बन्धित समाचार