२०८३ बैशाख १८ गते , शुक्रबार

दमकको दीपिनी स्कुलका शिक्षक निरौलामाथि मुद्धा दायर

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २६ गते , बुधबार
दमकको दीपिनी स्कुलका शिक्षक निरौलामाथि मुद्धा दायर

बिर्तामोड झापाको दमक नगरपालिका स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलामाथि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोग लागेको

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गेरर अध्यापन गराइरहेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको

निरौलाले भारतको बिहार संस्कृत शिक्षा बोर्ड, पटनाबाट जारी भएको मध्यमा तह (१० कक्षा) को परीक्षा उत्तीर्ण गरेको भनी नक्कली प्रमाणपत्र पेस गरी स्थायी नियुक्ति लिएको पाइएको अख्तियारको दाबी

उनले विसं २०५५ सालमा अस्थायी शिक्षकका रूपमा नियुक्त लिइ २०७५ साल चैत २८ गते स्थायी नियुक्ति पाएको विवरणमा उल्लेख

अनुसन्धानबाट उनले झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा प्राथमिक तह तृतीय श्रेणीको शिक्षकका रूपमा दीर्घकालसम्म अध्यापन गर्दै तलबभत्ता लगायतका सरकारी सुविधा लिएको प्रमाणित भएको आयोगको ठहर

निरौलाले गैरकानुनी रूपमा सेवामा सक्रिय भएर अनुचित लाभ लिएको ठहर गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको निष्कर्ष निकालेको

निरौलामाथि कैद जरिवानाको सजाय मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए

सम्बन्धित समाचार