बिर्तामोडबाट लुटिएको ५४ थान गोलीसहित २ जना पक्राउ
बिर्तामोड । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको ५४ थान गोलीसहित दुईजना पक्राउ परेका छन् ।
आज दिउँसो १२ बजे बिर्तामोड– २ रामचोकमा लागूऔषध ब्युरो ईकाई काँकरभिट्टाबाट र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा लुटिएको हातहतियारका गोली बाह्रदशी गाउँपालिका वडा नम्बर ४ चकचकी घर भई बिर्तामोड– २ रामचोकमा लालबहादुर गिरीको घरमा डेरा गरी बस्ने २७ वर्षीया ईस्रप खातुनको कोठाबाट बरामद गरेको हो ।
उनको कोठामा एसएलआरको ३८ राउण्ड, इन्सासको १६ राउण्ड, काँसको थाल –१ वटा, करुवा–१ वटा, पित्तलको गिलास–१ र प्रहरीको बुट–१ जोर बरामद भएको छ ।
ईस्रप खातुनसंगै लुटपाटमा संलग्न बिर्तामोड– २ रामचोक बस्ने २२ वर्षीय विकास टुडुलाई समेत फेला पारी बरामद सामानसहित इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए ।
यसअघि गत कात्तिक १९ गते जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको एक
इप्रका दमक र बिर्तामोडबाट लुटिएका अझै २२ थान हतियार भेटिन बाँकी रहेको डीएसपी खड्काले जानकारी दिएका छन् ।