२०८३ बैशाख १८ गते , शुक्रबार
चोरी मुद्धाका फरार प्रतिवादी १४ महिनापछि पक्राउ
बिर्तामोड । चोरी मुद्धाका फरार एक जना प्रतिवादीलाई झापा प्रहरीले १४ महिना पछि पक्राउ गरेको छ । दमक ७ बस्ने ३० बर्षीय तब्रेज अन्सारी पक्राउ परेका हुन् ।
अन्सारीलाई जिल्ला अदालत झापाले २०८१ भदौ १२ गते २ बर्ष कैद र २० हजार जरीवाना हुने फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । अदालतको फैसला यता फरार रहँदै आएका अन्सारीलाई फैसाला कार्यान्वयनमा खटिएको प्रहरी टोलीले आइतबार दमक ७ बाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराई कारागार चलान गरिएको खड्काले जानकारी दिए ।