२०८३ बैशाख १८ गते , शुक्रबार

करेन्ट लगाएर मान्छे मार्ने क्रममा एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २२ गते , शनिबार
करेन्ट लगाएर मान्छे मार्ने क्रममा एक जनाको मृत्यु

बिर्तामोड । झापाको मेचीनगरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका वडा नम्बर ४ बाहुनडाँगी बस्ने बर्ष ५५ को विकास प्रधानको मृत्यु भएको हो ।
प्रधानलाई आज बिहान अन्दाजी १०:३० बजे आफ्नै पोखरीमा माछा मार्ने क्रममा करेन्ट लागेको थियो । प्रधानले हात्ती रोकथामका लागि बनाइएको फेन्सिङ तारबाट करेन्ट लगाएर माछा मार्दै गर्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
करेन्ट लागेर सक्त घाइते भएका प्रधानलाई उपचारका लागि प्रादेशिक भद्रपुर अस्पताल लगिएकोमा घाईते भई उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाईएकोमा अस्पताल पुर्‍याउन साथ ११:२० बजेको समयमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
प्रधानसँगै पोखरी छेउमा बाँधिएको गाई समेतलाई करेन्ट लागि मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार