२०८३ बैशाख १८ गते , शुक्रबार

कांग्रेस नेता अफताब आलमको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २२ गते , शनिबार
कांग्रेस नेता अफताब आलमको मृत्यु

झापा पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको आलमको  गएराति साढे बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको काठमाण्डौ मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको हो

स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि केही दिनयता उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो मृगौला फेल  भएकोले उनको निरन्तर डायलाइसिस भइरहेको थियो

विगतमा रौटहतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनले केही समय वन तथा वातावरण श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए

आलमलाई रौतहटको राजापुरमा २०६४ चैत २७ गते भएको बम विस्फोटका घाइते पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत ओसी अख्तरलाई इँटा भट्टामा जिउँदै जलाएर हत्या गरेको कसुरमा जिल्ला अदालतले २०८१ वैशाख १३ गते  जन्मकैदको सजाय सुनाएको थियो

त्यसविरुद्ध आलमले गरेको पुनरावेदनमा गत १४ जेठमा सुनुवाइ गर्दै वीरगन्ज उच्च अदालतका न्यायाधीशद्वय खुशीप्रसाद थारु अर्जुन महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएपछि त्यसैदिन नख्खु कारागारबाट छुटेका थिए

कारागारबाट छुटेलगत्तै उनको स्वास्थ्यमा निरन्तर समस्या देखिन थालेको थियो

सम्बन्धित समाचार