२०८३ बैशाख १८ गते , शुक्रबार

भदौ २४ गते बिर्तामोडमा प्रहरी कुटपिट गर्ने एक जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २२ गते , शनिबार
भदौ २४ गते बिर्तामोडमा प्रहरी कुटपिट गर्ने एक जना पक्राउ

बिर्तामोड जेनजी आन्दोलनका क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी कर्मचारीलाई कुटपिट गर्ने एक जना पक्राउ परेका छन् बिर्तामोड का २६ बर्षीय नवराज राईलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो

राईलाई कात्तिक २० गते भक्तपुर प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले भक्तपुर एरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको राईले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा इप्रका अनारमनीमा कार्यरत प्रहरी हवल्दार बिजय खड्कालाई कुटपिट गरी गम्भीर घाइते बनाइ फरार भएको अभियोग

पक्राउ परेका राईलाई आवश्यक अनुसन्धानको लागि इप्रका बिर्तामोडमा ल्याई ज्यान मार्ने उद्योग कसुरमा मुद्धा दर्ता गरी जिल्ला अदालत झापाबाट दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकरी दिए

सम्बन्धित समाचार