२०८३ बैशाख १८ गते , शुक्रबार
सर्पदंशबाट एक महिलाको मृत्यु
बिर्तामोड । झापाको गौरादहमा सर्पदंशका कारण एक महिलाको ज्यान गएको छ । गौरादह–६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्माको मृत्यु भएको हो ।
गएराति अन्दाजी ८ः३० बजे शर्मालाई घरको भण्डार कोठामा जाने क्रममा बिषालु गोमन सर्पले दाहिने खुट्टामा डसेको थियो । उनलाई उपचारको लागि सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा मोरङ लगिएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा राति ११ः४५ बजे मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
सर्पदंशका कारण बर्षेनी मृत्यु हुनेको संख्या बढ्दो छ ।