२०८३ बैशाख १८ गते , शुक्रबार

जेनजी आन्दोलनको क्रममा बिर्तामोड प्रहरी चौकी तोडफोड गर्ने पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २१ गते , शुक्रबार
जेनजी आन्दोलनको क्रममा बिर्तामोड प्रहरी चौकी तोडफोड गर्ने पक्राउ

बिर्तामोड । भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा बिर्तामोडस्थित अनारमनी इलाका प्रहरी कार्यालय तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ६ बस्ने २२ वर्षीय पदम राई र निजकी श्रीमती २४ वर्षीया पूजा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार अन्दाजी २ बजे बिर्तामोड-५ स्थित त्रिवेणी चोकबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दम्पतिलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको जिप्रका झापाका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

सम्बन्धित समाचार