२०८३ बैशाख १८ गते , शुक्रबार
लाइसेन्स छपाइ सुरु, सञ्चारमन्त्री खरेलले गरे उद्घाटन
झापा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको उद्घाटन गरेका छन् । शुक्रबार काभ्रेमा आयोजित एक समारोहका बिच उनले सुरक्षण मुद्रण केन्द्रले छाप्ने लाइसेन्सको उद्घाटन गरेका हुन् ।
यसअघि नै यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबिच यसबारे समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
पुरानो २५ लाख लाइसेन्समध्ये १२ लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने सम्झौता भएको छ।
गत भदौ २३-२४ को जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभाग तोडफोड तथा आगजनीबाट पूर्ण रुपमा ध्वस्त भएको थियो । यस्तै सवारी लाइसेन्स छपाइ मेशिन पनि पूर्ण रुपमा क्षति पुगेको थियो ।