२०८३ बैशाख १८ गते , शुक्रबार

करेन्ट लागेर घाइते इन्टरनेट कम्पनीका कर्मचारीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २० गते , विहीबार
करेन्ट लागेर घाइते इन्टरनेट कम्पनीका कर्मचारीको मृत्यु

बिर्तामोड । करेन्ट लागेर घाइते भएका इन्टरनेट कम्पनीका कर्मचारीको मृत्यु  भएको छ । झापा शिवसताक्षी नगरपालिका-१ बस्ने बर्ष १९ को आशिष खनालको मृत्यु भएको हो ।
कार्तिक  ११ गते अन्दाजी ५:३० बजेको समयमा कमल गाउँपालिका ६ मंगलबारेमा फस्ट लिंक इन्टरनेट कम्पनीको  वाईफाई मर्मत गर्न बिजुलीको पोलमा चढेका आशिष करेन्ट लागेर भुइँमा झर्दा घाइते भएका थिए ।
उनलाई उपचारको लागि आम्दा अस्पताल खरखरे दमकमा लगी सामान्य उपचार पश्चात थप उपचारको लागि नोवेल अस्पताल बिराटनगर लगिएकोमा उपचार सम्भव नहुने भएकाले  आफन्तले घरमा ल्याएकोमा  कार्तिक १९ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार