जेनजी आन्दोलनमा लुटिएको हतियार फेला
बिर्तामोड । जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते लुटिएको हतियार फेला परेको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको सो हतियार आज फेला परेको हो ।
बुधबार अन्दाजी ४:४५ वजेको समयमा जिल्ला झापा विर्तामोड नगरपालिका ६ स्थित सुगमशान्ति टोलको तोरीवारी नजिक रहेको सिमल तरुलको झाडीमा वेवारिसे अवस्थामा एक थान हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
०३११००८७२ नम्बरको इन्सास हतियार १ थान, सोको म्याग्जिन १ थान, १९ राउण्ड सावुत र २ राउण्ड वेसावुत गोली फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उक्त हतियार २४ गते जेनजी आन्दोलनको क्रममा इप्रका अनारमनीबाट लुटिएको उनले बताए ।
भदौ २४ गतेको आन्दोलनको क्रममा यी प्रकार अनारमा नै र दमकबाट लुटिएका २२ स्थान हतियार अझै फेला नपरेको प्रहरीले जनाएको छ ।