२०८३ बैशाख १८ गते , शुक्रबार

अदुवा खोलामा डुबेर बालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक १९ गते , बुधबार
अदुवा खोलामा डुबेर बालकको मृत्यु

बिर्तामोड । झापाको बिर्तामोड-४ स्थित अदुवा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । बिर्तामोड-४ मेघाबारी टोल बस्ने विक्रम माझीको अढाई वर्षको छोरा दिवांश माझीको मृत्यु भएको हो ।
बुधबार अन्दाजी बिहान ९:४५ बजे तिर खेल्ने क्रममा छोरा बेपत्ता भए पछि खोजी गर्ने क्रममा घरबाट दक्षिण अन्दाजी ७०० मिटरमा खोलामा डुबेको अवस्थामा स्थानीयले बच्चा फेला पारी तत्काल विएण्डसी अस्पताल लगिएकोमा अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेको मृतकका हजुरबुवा रञ्जीत माझीले बताए । 
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार