२०८३ बैशाख १८ गते , शुक्रबार
कनकाईमा बेवारिसे शव फेला
बिर्तामोड । झापाको कनकाईमा बेवारिसे शव फेला परेको छ । कनकाई नगरपालिका-२ झण्डिखोपमा तत्काल नामथर वतन नखुलेको पहाडे मुलको जस्तो देखिने शव फेला परेको हो ।
सोमबार दिउँसो अन्दाजी १२:३० बजेको समयमा अन्दाजी बर्ष ४०/४२ को पुरुष मानिस घोप्टो परि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।