२०८२ आश्विन २७ गते , सोमबार

कोशीका पाँच स्थानीय तहले बजेट ल्याउन सकेनन्

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र २१ गते , शनिबार
कोशीका पाँच स्थानीय तहले बजेट ल्याउन सकेनन्

बिर्तामोड आर्थिक बर्ष शुरु भएको दुई महिना वित्नै लाग्दापनि कोशीका इटहरी, धरानसहित स्थानीय तहले हालसम्मपनि बजेट प्रस्तुत गर्न सकेका छैनन् हरेक वर्ष असार १० भित्र बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान भएपनि कोशीका स्थानीयतहले चालु आर्थिक वर्षको बजेट अहिलेसम्म प्रस्तुत गर्न नसकेका हुन्

कोशी प्रदेशमा भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी धरान उपमहानगरपालिका, मोरङको सुनवर्षी नगरपालिका ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले बजेट पेस गरेका छैनन्

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म ६९२ स्थानीयतहले बजेट प्रस्तुत गरी कार्यान्वयनमा ल्याइसकेका छन् तर राजनीतिक विवाद स्थानीय स्तरका समस्या देखाउँदै कोशीका ५सहित ६१ स्थानीय तहले अझै बजेट सार्वजनिक गरेका छैनन्

कोशी प्रदेशका पाँच, मधेस प्रदेशका ४० वाग्मती प्रदेशका पाँच स्थानीयतहले बजेट ल्याएका छैनन्। गण्डकी प्रदेशका सबै स्थानीयतहले बजेट सार्वजनिक गरेका छन् भने लुम्बिनीका सात, कर्णालीका तीन सुदूरपश्चिमको एक स्थानीयतह अझै बजेटविहीन छन्

सम्बन्धित समाचार