२०८२ जेष्ठ ३२ गते , शनिबार

उभौली पर्व प्रथम फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता हुँदै

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १६ गते , मंगलबार
उभौली पर्व प्रथम फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता हुँदै

बिर्तामोड । बिर्तामोडमा 'उभौली पर्व प्रथम फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता' हुने भएको छ । उभौली पर्वको अवसरमा प्रतियोगिता हुन लागेको आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
बिर्तामोड चेस क्लबको आयोजना तथा
किरात याक्थुङ चुम्लुङ  बिर्तामोडको सहआयोजनामा हुन लागेको प्रतियोगितामा १५० बढी राष्ट्रीय खेलाडीहरू सहभागी हुने चेस क्लबका खेल डाइरेक्टर ज्वाला इम्बुङले जानकारी दिए ।
बालबालिकाहरुलाई कुलतबाट बचाउन र दिमागको विकास गर्न खेल आवश्यक भएको इम्बुङले औँल्याए।
प्रतियोगिता जेठ २ देखि ४ गतेसम्म बिर्तामोडको सिटी सेन्टरमा सञ्चालन हुने सहआयोजक संस्थाका अध्यक्ष हिमालय कन्दङ्वाले जानकारी दिए । प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार, दोश्रो ३५ हजार, तेस्रो २५ हजार रहेको छ । प्रतियोगितामा विधागत र भूगोलको आधारमासमेत पुरस्कार दिइने छ । कार्यक्रममा ९ लाख ६१ हजार पाँच सय रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक संस्थाका अध्यक्ष नारायण राईले जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपानेलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम प्रेस संयोजक विजय बरालले सञ्चालन गरेका थिए । 

सम्बन्धित समाचार