२०८२ जेष्ठ ३२ गते , शनिबार

बिर्तामोडमा वाइसीएलद्वारा गाँजा बरामद, दुई भारतीय नागरिक पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र २९ गते , शुक्रबार
बिर्तामोडमा वाइसीएलद्वारा गाँजा बरामद, दुई भारतीय नागरिक पक्राउ

बिर्तामोड नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग नेपालले बिर्तामोडबाट गाँजा बरामद गरेको गोप्य सुचनाका आधारमा वाइसीएल नेपालका नम्बर प्रदेश अध्यक्ष कुमार आचार्य नेतृत्वको टोलीले गाँजा बरामद गरेको हो

काठमाण्डौबाट काँकरभिट्टातर्फ आउँदै गरेको रात्री बसमा सुन तस्करी हुँदैछ भन्ने सुचनाका आधारमा गएको वाइसीएलको टोलीले बिर्तामोडको सिटी सेन्टर अगाडी उक्त बस रोकेको थियो बस रोकेर प्रहरीलाई खबर गरेका उनीहरुले दुई जना भारतीय नागरिकसहित गाँजा बरामद गरेका हुन्

भारतीय नागरिकहरु ४६ बर्षीय इब्राहिम किथड ३७ बर्षीया सनम सेठले ल्याएको दुई वटा सुटकेशबाट ३९ पोका गाँजा बरामद भएको विदेशी कुरकुरे लेजको प्याकेट भित्र छुट्टै प्याकेटमा ती गाँजाहरु प्याक गरिएको थियो

पक्राउ परेका उनीहरु केहिदिन अघि थाइल्याण्डबाट काठमाण्डौ आएको खुलेको

पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको

 

सम्बन्धित समाचार