२०८२ जेष्ठ ३२ गते , शनिबार
पाथिभरा जाने तिर्थयात्रीको स्वास्थ्य परीक्षण

बिर्तामोड । ताप्लेजुङको पाथीभरा दर्शनको सिजन सुरु भएसँगै स्वास्थ्य शिविर सञ्चालन गरिएकाे छ । पाथीभरामा दर्शन गर्ने दर्शनार्थीहरुको सहजका लागि ठूलाेफेदीमा स्वास्थ्य शिविर राखिएको हो ।
पाथीभरा क्षेत्र विकास समिति र सशस्त्र प्रहरी बल कञ्जनजङ्गा गुल्मकाे समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्राजिन हाङबाङले जानकारी दिए । स्वास्थ्य शिविरमा सशस्त्र प्रहरी बल कञ्चजङ्गा गुल्म ताप्लेजुङले प्राविधिक सहयोग उपलब्ध गराएको छ। शनिबारबाट सुरु भएको शिविर सोमबारसम्म सञ्चालन हुने कार्यकारी निर्देशक आङबाङले जानकारी दिए।
हाङबाङका अनुसार तीर्थयात्रीहरूको स्वास्थ्यमा असहजता नहोस् भनेर सबै सिजनमा क्षेत्र विकास कोषले नेपाल प्रहरी लगायतको समन्वयमा हेल्थ डेस्क सञ्चालन गरिरहेको छ ।