कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको सहज जित
बिर्तामोड । टीयु मैदानमा जारी नेपाल प्रिमियर लिगको आज भएको खेलमा कर्णाली याक्सलाई जनकपुर बोल्ट्सको हराउँदै सहज जित निकालेको छ । कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको हो ।
अनिलको अविजित ६२ रन मदतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५.१ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो ।
ओपनर अनिलले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे ।
अनिलले मार्की खेलाडी आसिफ शेखसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । आसिफले २( बल खेल्दै २ चौका र २ छक्का मदतमा ३६ रन जोडे ।
दोस्रो विकेटका लागि अनिल र लाहिरु मिलान्थाले ३३ रनको साझेदारी गरे । अघिल्लो खेलमा विराटनगर विरुद्ध अर्धतशक बनाएका मिलान्थाले १३ बलमा २ चौका र २ चौका प्रहार गर्दै २४ रन बनाए ।
जिम् नीशमले अविजित १६ रन योगदान गरे । ८ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे ।
कर्णालीका मौसम ढकाल र निशान मक्सुदले समान १ विकेट लिए ।
त्यसअघि कर्णाली याक्सका गुल्सन, अर्जुन र सोमपालको आक्रामक ब्याटिङमा जनकपुरलाई १४२ रनको लक्ष्य दिएको थियो ।
कर्णालीका गुल्सनले सर्वाधिक ३६ रन बनाए । अर्जुन घर्तीले ३३ रन बनाउँदा कप्तान सोमपाल कामीले अविजित २९ रन जोडे ।