२०८१ माघ ४ गते , शुक्रबार

डोमालाल रंगशालाको खेल मैदान स्तरोन्नति गर्दै झापा ११

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर ११ गते , मंगलबार
डोमालाल रंगशालाको खेल मैदान स्तरोन्नति गर्दै झापा ११

बिर्तामोड झापाको बिर्तामोड नगरपालिका वडा नम्बर स्थित डोमालाल रंगशालाको खेल मैदान धमाधम स्तरोन्नति गरिँदैछ मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको बिर्तामोड झापा कपका लागि खेल मैदान स्तरोन्नति गरिएको हो

मंसिर २९ गतेदेखि हुने अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताका लागि रंगशालाको स्तरोन्नति मर्मत धमाधम भइरहेको झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए

मैदानको झार छाँटेर रंगशालालाई पुरानै अवस्थामा र्पुयाउन गोडमेल तथा मर्मतको काम तीव्र गतिमा भइरहेको हो डोमालाल राजवंशी रंगशाला देशभरका खेल मैदानहरुमध्ये उत्कृष्ट आकर्षक मानिन्छ

खेल मैदानको आकर्षणमा कुनै कृत्रिमता नहुने प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाइने झापा गोल्डकपका संस्थापक संरक्षक तथा योजनाकारसमेत रहेका गुरुङले बताए

झापा ११ ले आफ्नोहोम ग्राउन्ड मा आयोजना गर्ने प्रतियोगितामा मैदानको आकर्षण नघटोस् भनेर आयोजक समितिले छोटो समयमा काम सुरु गरेको हो रंगशालामा उम्रिएका अनावश्यक झार उखेल्ने तथा प्राकृतिक घाँस रोप्ने काम थालिएको

उनले मैदान संरक्षणमा दीर्घकालीन योजना आवश्यक रहेको बताए यसरी झार उखेल्ने अस्थायी काम हो, गुरुङले भने, ‘यसको दीर्घकालीन योजना हुनैपर्छ झापाकै गौरवका रुपमा रहेको यो रंगशालालाई बाचइराख्न जरुरी रहेको उनी बताउँछन्

रंगशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट पनि निर्माण गरिने प्रतियोगिताका संयोजक केशवराज दाहालले जानकारी दिए

झापा ११ फुटबल क्लबले स्थापनापछि दोस्रोपटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो

प्रतियोगितामा मोफसलका चर्चित टिम भारतका दुई वा तीनसहित १० वटा टिमको सहभागिता रहनेछ प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी मेडल पाउनेछ भने उपविजेता टिमले नगद पाँच लाख, ट्रफी मेडल प्राप्त गर्नेछ फाइनल खेल पुस गते हुनेछ

झापामा फुटबलको स्तर बढाउने तथा खेल पर्यटनको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष गुरुङ बताउँछन् यसअघि सोही रंगशालामा गुरुङकै अगुवाईमा झापा गोल्डकपको सुरुवात भएको थियो

११ वर्षअघि अखिल नेपाल फुटबल संघको आयोजनामा काठमाण्डौमा सम्पन्न एन्फा कपमा पहिलोपटकको सहभागितामा नै डिभिजन क्लबहरुलाई पराजित गर्दै झापाली टिम च्याम्पियन बनेको थियो

सम्बन्धित समाचार