२०८१ माघ ४ गते , शुक्रबार

भद्रपुर नपा खुदुनाबारी गोल्डकपको क्वाटर फाइनल प्रवेश

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २७ गते , मंगलबार
भद्रपुर नपा खुदुनाबारी गोल्डकपको क्वाटर फाइनल प्रवेश

अर्जुनधारा भद्रपुर नगरपालिका चौथो खुदुनाबारी गोल्डकप अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको

अर्जुनधारा को कैदले प्राकृतिक रंगशालामा जारी प्रतियोगिताको आज भएको दोस्रो खेलमा आयोजकलाई गोल अन्तरले पराजित गर्दै भद्रपुरले क्वाटर फाइनलको यात्रा तय गरेको हो

भद्रपुरका लागि प्रदिप बुढाथोकीले ह्याट्रीकसहित गोल गरे उनले पहिलो हाफको ३० औं मिनेटमा पहिलो गोल गरेका थिए ३५औं मिनेटमा दोस्रो गोल गरेका बुढाथोकीले दोस्रो हाफको १४औँ मिनेटमा टिमका लागि पाँचौ व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रीक पुरा गरे

पहिलो हाफको ३८औं मिनेटमा भद्रपुरका लागि उदेस कामतीले तेस्रो गोल गरेका थिए दोस्रो हाफको १२औं मिनेटमा विपक्षीको पोष्टमा गोल प्रहार गर्दै जाली चुमाएका रोहित सुब्बाले भद्रपुरका लागि चौंथो गोल गरे विजेता टिमका लागि प्रदिप बुढाथोकीले दोस्रो हाफको २०औं मिनेटमा छैैंटौ गोल गरेका थिए

खेल सुरु भएको मिनेटमा पहिलो गोल गर्दै भद्रपुर विरुद्ध लिएको अग्रता जोगाउन नसक्दा आयोजकले फराकिलो हार बेहोर्न पुग्यो आयोजकका लागि पहिलो हाफको चौथो मिनेटमा कप्तान राजेस दाहालले हेड मार्फत गोल गरेका थिए त्यसपछि दोस्रो हाफको १०औं मिनेटमा विशाल माझीले टिमका लागि दोस्रो गोल गरे भद्रपुरको लगातारको प्रहार खेपेर कम्जोर बनेको आयोजकले थप गोलस्कोर बढाउन सकेन

भद्रपुरकालागि गोल गरेका प्रदिप बुढाथोकी आजको खेलकोम्यान आफ दि म्याच घोषित भए उनले नगद हजार ट्रफी पाए उनलाई भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, प्याब्सन अर्जुनधाराका उपाध्यक्ष बालगोपाल गौतम प्रतियोगिताका संयोजक सिताराम भट्टराई लगायतले पुरस्कार प्रदान गरेका थिए

गोल्डकपमा भोलि बुधबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुनेछ पहिलो क्वाटर फइनलमा कनकाई नगरपालिका शिवसताक्षी नगरपालिकाबिच खेल हुने आयोजक समितिका सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए

 

सम्बन्धित समाचार