२०८१ माघ ४ गते , शुक्रबार

चौथो खुदुनाबारी गोल्डकपमा बिर्तामोडको विजयी सुरुआत

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २६ गते , सोमबार
चौथो खुदुनाबारी गोल्डकपमा बिर्तामोडको विजयी सुरुआत

अर्जुनधारा बिर्तामोड नगरपालिकाले चौथो खुदुनाबारी गोल्डकप (अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता) मा विजयी सुरुआत गरेको

अर्जुनधारा को कैदले प्राकृतिक रंगशालामा आज भएको उद्घाटन खेलमा अर्जुनधारा नगरपालिकालाई गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा बिर्तामोड विजयी बनेको हो

बिर्तामोडकालागि खेलको दोस्रो हाफको अन्तिम मिनेटमा श्याम मुर्मुले गोल गरे त्यसपछि दवाबमा परेको अर्जुनधाराले जवाफी गोल फकार्उन नसक्दा हार बेहार्न पुग्यो खेलमा एक मात्रै गोल गर्न सफल बिर्तामोडका मुर्मुम्यान अफ दि म्याच घोषित भए उनले नगद हजार सहित ट्रफी पुरस्कार पाए

उनलाई प्रमुख अतिथि अर्जुनधाराका प्रमुख बलदेव गोम्देन तामाङ, प्रतियोगिताका संयोजक सिताराम भट्टराई शनिश्चरे बहुमुखी क्याम्पसका सहायक प्रमुख कृष्ण थापाले पुरस्कार प्रदान गरेका थिए

हाम्रो शान, हाम्रो अभियान, खुदुनाबारी गोल्डकप हाम्रो पहिचान भन्ने नारासहित सुरुभएको गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको , नम्बर वडाले संयुक्त आयोजना गरेको हो प्रतियोगिता अन्तरगत भोली हुने दोस्रो खेलमा आयोजक टिमसँग भद्रपुर नगरपालिकाको टिमले प्रतिस्पर्धा गर्ने आयोजक समितिका सचिव खगेन्द्र लिङदेनले जानकारी दिए

प्रतियोगितामा झापाको अर्जुनधारा, बिर्तामोड, भद्रपुर, मेचीनगर, कनकाई, शिवसताक्षी, गौरादह, दमक नगरपालिका इलामको माई नगरपालिकाको एक टिम आयोजकको एक टिम गरि १० टिमको सहभागिता रहेको प्रतियोगिताका खेल संयोजक धनबहादुर तामाङले जानकारी दिए

प्रतियोगिताको विजेताले लाख ११ हजार सय ११ उपविजेताले ५५ हजार सय ५५ रुपैयाँ नगदसहित ट्रफी तथा मेडल पुरस्कार पाउने त्यस्तै प्रत्येक खेलको म्यान अफ म्याचलाई हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भने प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको

सम्बन्धित समाचार